आईसीसीको ट्वीटका कारण भड्किए सचिनका फ्यान, ट्वीटरमा मच्चाए हंगामा

डिसी नेपाल
१२ भदौ २०७६ ९:३३

एजेन्सी । जारी एशेज सिरिजको तेस्रो टेष्टमा अविश्वसनिय पारी खेलेका इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स अहिले चर्चाको शिखरमा रहेका छन्। उनले हेडिङ्ले टेष्टमा एेतिहासिक शतकिय पारी खेलेर जित्न मुस्किल रहेको खेलमा इंग्ल्याण्डलाई एक विकेटको जित दिलाएका थिए।

यस्तै स्टोक्सले विश्वकपको फाइनलमा पनि ८४ रनको पारी खेलेर इंग्ल्याण्डलाई उपाधि दिलाएका थिए। उक्त समय आइसीसीले सचिन तेन्दुल्करसँग स्टोक्सको फोटो ट्वीटरमा शेयर गरेर स्टोक्सलाई सर्वकालीन महान खेलाडी बताएको थियो। आईसीसीले एशेज सिरिजको तेस्रो टेष्ट पछि उक्त ट्वीटलाई रि–ट्वीट गरेको छ।

तर भारतीय महान खेलाडी सचिनको फ्यानहरुलाई उक्त ट्वीट मन परेन। त्यसपछि उनिहरुले आईसीसीलाई ट्वीटरमा नै ट्रोल गर्न सुरु गरे। समर्थकहरुले बेन स्टोक्स राम्रो खेलाडी भएको तर उनलाई सर्वकालीन महान खेलाडी मान्न नसकिने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *