एसिया कप खेल्न श्रीलंकामा रहेको नेपाली टोलीले आज दोस्रो अभ्यास खेल खेल्ने

डिसी नेपाल
१२ भदौ २०७६ १०:३४

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपाली यू–१९ क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।

पहिलो अभ्यास खेलमा पराजित नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग खेल्दैछ । खेल सुरे क्रिकेट मैदानमा हुनेछ । बादुरेलियापछि नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग खेल्नेछ ।

कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।

एसीसी यू–१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगितामा नेपालले आयोजक श्रीलंकासँग खेल्दै एसिया कपको सुरुवात गर्नेछ । समूह बी मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *