आर्चरको बलले लागेपछि फिलिप ह्युजलाई किन सम्झिए स्मिथले?

डिसी नेपाल
१२ भदौ २०७६ ११:०९

एजेन्सी । एसेस टेष्ट सिरीज अन्तर्गत इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ मैदानमा नै ढल्न पुगे । चोटका कारण उनले दोस्रो टेष्टको बाँकि खेल र तेस्रो टेष्ट नखेलेका स्मिथले चोट लागेपछिको पहिलो सोचाई सार्वजनिक गरेका छन ।

क्रिकइन्फोका अनुसार स्मिथलाई चोट लागेपछि दिमागमा पहिलो सोचाई फिलिप ह्युजको घटना आएको थियो । २०१४ मा सेफिल्ड सिल्ड खेल्दा फिलिजको पनि बलले लागेर उपचारका क्रममा ज्यान गएको थियो । उनको टाउकोमा लागेको चोट र स्मिथको चोट उस्तै उस्तै किसिमको थियो । हेलमेटको पछाडी भागमा बल लागेपछि स्मिथ मैदानमै ढलेका थिए।

स्मिथले बल लागेपछि दिमागमा फिलिपको घटनालाई सम्झिएको बताए । उनले बलले लागेपछि कहाँ चोट लग्यो, कुन किसिमले लाग्यो, र पुरानो घटना आफै दिमागमा आएको बताए । तर तुरुन्त आफुलाई होसमा ल्याउदै ओके म ठिक छु सोचेपनि केहि कठिन भइरहेको महसुस गरे । तर विस्तारै आफ्नो खुट्टामा उभिन सफल भए ।

त्यो घटनापछि आफुलाई डक्टरले कस्तो महसुस भइरहेको छ भनेर सोध्दा, उनले अघिल्लो राती ६ वटा वियर खाएर अर्के दुनियामा पुगेको जस्तो लागेको बताए । जुन भोगाई उनलाई दुई तीन दिनसम्म पनि चलेको थियो । तर विस्तारै उनी ठिक भएको र नेटमा अभ्यासमा फर्किएका छन । फेरी मैदानमा उत्रन आत्मविश्वास बढाइरहेका स्मिथ चौथो टेष्टका लागि तयारीमा छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *