प्रहरीले गर्यो प्राकृतिक रुपमा उम्रेका साढे ८ हजार गाँजाका बोट नष्ट
फाईल तस्बिर
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १ चौकीडाँडा तौलुङमा प्राकृतिक रुपमा उम्रेका करिब ६ हजार गाँजाका बोट शुक्रबार प्रहरीले नष्ट गरेको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुढानिलकण्ठ नगरपालिका १ को सहकार्यमा महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठबाट खटिएको प्रहरी टोली, स्थानीय क्लबका पदाधिकारीहरू र स्थानीय जनप्रतिनिधि समेतको सहभागितामा उक्त गाँजाका बोट नष्ट गरिएको हो।
त्यस्तै बझाङको जयपृथ्वी नगरपालिका १० चैनपुर बजार र सेती नदीका किनारामा अन्दाजी १० रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका करिब २ हजार ५ सय गाँजाका बोट शनिबार बिहान प्रहरीले नष्ट गरेको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी, सुर्मा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय संचारकर्मी तथा स्थानीय समाजसेवीको सहभागितामा उक्त गाँजाका बोट नष्ट गरिएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment