एनआरएनए नर्वेको नयाँ नेतृत्वमा मल्ल

डिसी नेपाल
१६ भदौ २०७६ १४:०५

नर्वे। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन/एनसीसीं) नर्वेमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार ओस्लोमा सम्पन्न निर्वाचनबाट नयन मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रदीप अधिकारी (ओस्लो बाहिर), किरण गुरुङ र जीवनबहादुर शाही विजय भएका छन्। त्यसैगरी आईसीसी मेम्बरमा राजु आर्याल निर्वाचित भए।

निर्वाचन समितिका अनुसार नयाँ कार्यसमितिको लागि निर्वाचन समितिले एक अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, आईसीसी सदस्य र बढीमा ११ कार्यसमिति सदस्य पदको लागि उम्मेदवारी दर्ता आह्वान गरेको थियो।

उम्मेदवारी दर्ता हुँदा उपाध्यक्ष र आईसीसी सदस्यमा मात्र बढी उम्मेदवारी परेपछि ती पदको लागि मात्रै निर्वाचन भएको हो । निर्वाचनमा ५ सय ५० मत खसेको थियो।

जुन १८ देखि स्थानीय समय अनुसार जुन २१ राति १० बजेसम्म उम्मेदवारी दर्ता गराउने समय राखेको थियो। उक्त समयमा अध्यक्षमा नयन मल्ल, महासचिवमा पवित्र बस्नेत, कोषध्यक्षमा अञ्जन बास्तोला, महिला संयोजकमा गोमा सुवेदी, युवा संयोजकमा नारायण थापा र सदस्यहरूमा अनुज उपाध्याय, सागर अर्याल, दीपक पौडेल, जीवनाथ भट्टराई, पवन आर्चाय र सिद्धान्त घलेको मात्रै उम्मेदवारी परेपछि यी पदका उम्मेदवार स्वत विजय भएका हुन्।

उपाध्यक्षमा भने ओस्लो बाहिरबाट प्रदीप अधिकारी र सञ्जय ज्ञवालीको उम्मेदवारी परेको थियो। एक पदको लागि दुई आवेदन परेपछि निर्वाचनबाट अधिकारी चयन भएका हुन्। त्यसैगरी दुई उपाध्यक्ष पदमा विना श्रेष्ठ, जीवनबहादुर शाही, किरण गुरुङ र सुरेन्द्र सात्रेको आवेदन परेकोमा निर्वाचनबाट किरण र जीवन विजयी भएका छन्। आईसीसी मेम्बरमा राजु अर्याल र द्वारिका महर्जनको आवेदन परेकोमा निर्वाचनबाट राजु अर्याललाई चयन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *