एनआरएनए डेनमार्कमा रवीन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

डिसी नेपाल
१७ भदौ २०७६ १३:२७

काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) डेनमार्कमा अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा ५ सय २४ मत प्राप्त गर्दै खड्का आगामी कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् । उनले प्रतिस्पर्धी डोलराज पौडेलले प्राप्त गरेको मतलाई १ सय १९ भोटले जीतेका थिए । कुल १ हजार ६२ मतदाता रहेकोमा ९ सय ५४ मत मात्रै खसेको थियो।

अन्तर्रा्ष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्यमा रमेश काफ्ले  विजयी भएका छन् । काफ्लेले ४ सय ५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दीपक सापकोटाले ४ सय ५२ मत पाएका थिए ।

यस्तैगरि महासचिव शैलेन्द्र अधिकारी विजयी भए। महिला संयोजकमा शोभा न्यौपाने विजयी बनिन्। यसअघि नै महिला उपाध्यक्षमा अन्जु पराजुली, सचिवमा महेश सिंह खत्री, कोषाध्यक्ष रविन काजी श्रेष्ठ र युवा संयोजकमा शशि श्रेष्ठ निर्विरोध निर्वा्चित भएका थिए।

त्यस्तै दुई महिला सदस्यहरु शकुन्तला सुनाम र पुष्प खड्का बुढाथोकी पनि निर्विरोध बने। कार्यसमिति सदस्यहरुमा प्रकाश श्रेष्ठ, दीप शर्मा, लक्ष्मण कंडेल, नारायण बस्याल र सुनील आचार्य विजयी बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *