सिंगापुरबाट प्रधानमन्त्री ओलीले स्वीकारे ‘गल्ती’

डिसी नेपाल
१७ भदौ २०७६ १६:४६

काठमाडौं। मंगलबार प्रधानमन्त्री केपी ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्समाफर्त मन्त्रीहरुसँग सरकारका कामबारे जानकारी लिएका छन्। अघिल्लो पटक यसलाई ‘भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक’ भनेका ओलीले त्यतिबेलाको ‘गल्ती’ सच्याएका छन्।

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको स्वयम प्रधानमन्त्री ओलीले नै जानकारी दिएपछि त्यसको व्यापक विरोध भएको थियो। विरोधपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसदमा भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक नबसेको जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीको भनाईलाई खारेज गर्दै सञ्चार मन्त्रीले संसदमा जानकारी दिएपछि प्रधानमन्त्री ओली वा सञ्चारमन्त्री बाँस्कोटा मध्ये एकले झुट बोलेको भनेर चर्चा भएको थियो ।

मंगलबार दोस्रो पटक भिडियो कन्फ्रेन्स गर्दा भने यसलाई ‘छलफल’ मात्र भनिएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले भनेका छन्, ‘सम्माननीय प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधि मार्फत आज दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसंग सरकारका कामको बारेमा छलफल गर्नु भयो। उहॉले आफ्नो उपचारबारे जानकारी दिनु भयो र मन्त्रीज्यूहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गर्नु भयो। छलफल, नेपाली समय दिउसो १ः१० बाट एकघन्टा बढ़ी समयसम्म चलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *