भलिबल खेलाडी इज्जत दनैलाई धादिङमा सम्मान

डिसी नेपाल
२६ वैशाख २०८१ १३:३६
104
Shares

काठमाडौं। धादिङका भलिबल खेलाडी इज्जत दनैलाई जिल्लामा सम्मान गरिएको छ।

बंगलादेशको ढाकामा हालै सम्पन्न अन्डर १९ भलिबल प्रतियोगितामा नेपालको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रर्दशन गर्दै नेपाललाई दोस्रो स्थान दिलाउन सफल भएको भन्दै दनैलाई स्वागत एवं सम्मान गरिएको हो।

एमाले धादिङ, निलकण्ठ नगर कमिटी र एडभान्स एकेडेमीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि खेलाडी दनैलाई बधाई एवं सम्मान पत्र प्रदान गरिएको थियो।

एमाले निलकण्ठ नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उक्त पार्टीका उपमहासचिब पृथ्वीसुब्बा गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने एडभान्स एकेडेमीले आयोजना गरेको कार्यक्रममा एकेडेमीका अध्यक्ष अर्जुन गोर्खालीले बधाई एवं सम्मान ब्यक्त गरेका थिए ।

ढाकामा हालै सम्पन्न प्रतियोगितामा नेपाली टोलीमा खेलाडी तर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ सहभागी भएका थिए । त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *