एनआरएनएको अहिलेसम्म २९ मुलुकमा महाधिवेशन सकियो (अध्यक्ष र महासचिवको नामसहित)

डिसी नेपाल
१८ भदौ २०७६ १४:५६

काठमाडौं। २ महिनापछि अक्टोबर १५ देखि १८ तारिखसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हुँदैछ। यतिवेला नवौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने दुई महिनापछिको चुनावको गर्मी निकै बढेको छ। सम्मेलनको मिति नजिकिँदै गर्दा विभिन्न मुलुकमा रहेका संघका एनसीसीहरुले महाधिवेशन गर्दे धमाधम नयाँ नेतृत्व चयन गरिरहेका छन्।

संसारको ८० वटा मुलुकहरूमा आफ्नो संस्था विस्तार एनआरएनएको आगामी कार्यकालको लागी अहिलेसम्म २९ वटा मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसिसी) ले महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् । गठन भएका केही एनसीसी निस्क्रिय पनि रहेका छन्।

संघको निर्देशन अनुरुप आउँदो १५ सेप्टेम्वरसम्म सबै राष्ट्रिय समितिका निर्वाचन गरि सक्नु पर्ने वैधानिक प्रावधान रहेको छ।

एनआरएनए एनसीसीमा सबैभन्दा पहिला अमेरिकाले निर्वाचन गरेर नयाँ नेतृत्व छानेको थियो । महत्वपूर्ण मानिने युके, जर्मनी, जापान, कोरिया लगायतका देशमा भने निर्वाचन हुन बाँकीनै छ । यसपाली सबै भन्दा धेरै सदस्यहरु भएको एनसीसी अष्ट्रेलीया हो, जहाँ ११ हजार ६ सय १७ जना सदस्य संख्या छ ।

अहिलेसम्म सम्पन्न भएका राष्ट्रिय समितिका नवनिर्वा्चित अध्यक्ष र महासचिवको सूचि यस्तो रहेको छ ।

यूरोप

१. अष्ट्रिया–अध्यक्ष विनोद चौलागाई, महासचिव भवानी तिवारी

२. बेल्जियम– चित्र केसी, तिर्थ धमला

३. फान्स – नरेन्द्र शाही (ठकुरी ), मीन श्रेष्ठ

४. रुस– शिव मणी भुत्र्याल, ईन्द्र प्रसाद भुसाल

५. स्वीजरल्यान्ड– शिव कुमार लिम्बु,

६. लक्जम्वर्ग– हरि खत्री, यम बहादुर खत्री

७. स्वीडेन– दिनेश कुमार श्रेष्ठ, राजकुमार पाठक

८. आयरल्यान्ड– मिलन छन्त्याल, ओम अधिकारी

९. पोर्चुगल– तिलक गैरे, हेमराज सुवेदीे

१०. डेनमार्क– रवीन्द्र खडका, शैलेन्द्र अधिकारी

११. नर्वे – नयन मल्ल, पवित्र बस्नेत

१२. फिनल्याण्ड– श्रवण खनाल, खिमानन्द चापागाँई (आदित्य)

१३. चेक रिपब्लीक– डा. चिरञ्जीवी खडका, विनोद ढकाल

१४. माल्टा– राजु अर्याल (बाबू ), सन्देश केसी

मध्यपूर्व

१५. ओमन– सेवन्त पुर्जा पुन, रविन शिल्पाकार

१६. बहराइन– लक्ष्मी गिरी, राजकुमार श्रेष्ठ

१७. कुवेत– सुजन केसी, मान बहादुर तामाङ (दिल कुमार पाख्रिन)

८. युएई– प्रकास कोइराला, निश्चल दाहाल

१९ कतार– मोहम्मद मुक्तदा, पदम गिरी

अफ्रिका

२०. नाइजेरिया– रोशन थापा, अभिषेक मान सिंह

२१.. युगान्डा– विनोद थापा, कमलदत्त भट्ट

अमेरिका

२२. क्यानडा–चिरञ्जीवी घिमिरे, पिताम्बर भट्टराई

२३. अमेरिका– सुनील साह, पशुपती राज पाण्डे

एसिया प्यासिफिक

२४. हङकङ– टिका गुरुङ (राधिका ), गोर्कण प्रसाद ढकाल

२५. चीन– प्रदिप न्यौपाने, यम बहादुर क्षेत्री

२६. थाइल्यान्ड– आसाजीत अवाले, रवि महर्जन

२७. मलेसिया– हरि भट्टराई, हेमराज सापकोटा

ओसेनीया

२८. अस्ट्रेलिया– केशव कँडेल, ज्ञानेन्द्र रेग्मी

२९. न्यूजील्याण्ड– लाल बहादुर केसी, दयानिधी गौतम




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *