एनआरएनए ईक्युटरिएल गुएनाको अध्यक्षमा पुन: कृष्णचन्द्र सेढाईं
काठमाडौँ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) ईक्युटरिएल गुएनाको अध्यक्षमा पुन: कृष्णचन्द्र सेढाईं चयन भएका छन्।
गत आईबार मलाबो शहरमा सम्पन्न भएको संघको दोस्रो राष्ट्रिय महाधिवेशनले सेढाईको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो।
महाधिवेशनले उपाध्यक्षमा सुमन बिके, महासचिवमा विष्णुहरि सेढाईं, कोषाध्यक्षमा दूतराज लामालाई चयन गरेको छ।
त्यस्तै नयाँ कार्यसमितिको सदस्यहरूमा मान बहादुर कार्की, लवकुमार थपलिया, किशोर साह, प्रतीक थपलिया र सुनिल बिके निर्वाचित भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment