काँग्रेस सिन्धुलीद्वारा क्षेत्रीय समिति गठन, प्रदेश समिति सभापतिमा बोधबिक्रम थापा

डिसी नेपाल
२२ भदौ २०७६ ९:३३

सिन्धुली। नेपाली काँग्रेस सिन्धुलीले क्षेत्रीय समिति सभापति र प्रदेश समिति सभापतिहरुको टुंगो लगाएको छ।

नेपाली काँगेस सिन्धुलीको पार्टी कार्यालय सिन्धुलीमाढीमा बसेको सिन्धुली क्षेत्र नं १ र क्षेत्र नं. २ को क्षेत्रीय बैठकले क्षेत्रीय समिति सभापति र प्रदेश समिति सभापतिहको टुंगो लगाएको हो ।

बैठकले सिन्धुली निर्वाचन क्षेत्र नं १ क को प्रदेश समिति सभापतिमा शुकदेव कुँवर, ख को सभापतिमा चन्द्रदिप कोइराला त्यसैगरी निर्वाचन क्षेत्र नं २ क को प्रदेश समिति सभापतिमा बोध बिक्रम थापा र ख को सभापतिमा दिलिप रायमाझीलाई सर्वसम्मत चयन गरेको छ।

नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं १ को सभापतिमा कर्णबहादुर थापा मगर र क्षेत्र नं २ को सभापतिमा जगत बहादुर भोलन चयन भएका छन्।

पार्टीको संशोधित बिधान र स्थानिय तहको पुर्न संरचना अनुसार क्षेत्र र प्रदेशका सभापति टुंगो लगाउन सिन्धुलीमा खटिएका केन्द्रीय प्रतिनिधि गणेश कोइराला र जिल्ला सभापति उज्जवल बराल सहितको बैठकले सभापति हरुको सर्व सम्मत चयन गरेको जिल्ला सचिव कृष्ण प्रसाद दाहालले जानकारी दिए।

यस अघि ३ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा २०६४ सालको संबिधान सभा चुनाव ताका २ वटा मात्रै निर्वाचन क्षेत्र कायम भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *