प्रतिनिधिसभाको बैठक आज बस्दै, ‘पर्यटन विधेयक’ र ‘निर्वाचन संशोधन विधेयक’ माथि छलफल हुने सम्भावित कार्यसूची
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न विधेयकहरूमाथि विचार तथा दफाबार छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन्।
यसैगरी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ।
त्यसैगरी आजको बैठकमा राजनीतिक एवं निर्वाचन प्रणालीका दृष्टिले महत्त्वपूर्ण मानिएका ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गर्ने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment