काठमाडौं उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड
काठमाडौं। सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण अनुमतिसम्बन्धी यसअघिको आदेश पुनरावलोकन गर्दै पुरानै मापदण्ड कायम गरेको छ।
न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०६५ मंसिर १ गते निर्धारण गरिएको मापदण्ड अनुसार नै निर्माण गर्न पाउने आदेश दिएको हो।
आदेशअनुसार बागमती, विष्णुमती र मनोहरा नदी किनारामा २० मिटर छाडेर निर्माण गर्न पाइनेछ। धोबीखोलामा आयोजना लागू भएको क्षेत्रमा परियोजनाको प्लानिङ अनुसार निर्माण गर्न सकिनेछ भने प्लानिङ नभएको क्षेत्रमा ९ मिटर खाली राख्नुपर्नेछ।
त्यस्तै नख्खु खोलामा १२ मिटर, बल्खु, कर्मनासा, कोइके, साले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा ६ मिटर तथा टुकुचा, सामाखुसी लगायत अन्य खोलामा ४ मिटर छाड्नुपर्ने व्यवस्था कायम गरिएको छ। सर्वोच्चले कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न नपाइने जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment