एनआरएनए जापानको नेतृत्वमा भण्डारी विजयी

डिसी नेपाल
२२ भदौ २०७६ १९:२०

टोकियो। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) जापानकोे नेतृत्वमा देविलाल भण्डारी विजयी भएका छन्। संघको नवौं महाधिवेशनबाट भण्डारी अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचनमा भण्डारीले आफ्ना निकटतम प्रतिस्पर्धी टासी वान्दी लामालाई  पराजित गरेका हुन् । प्रतिस्पर्धी लामाले प्राप्त गरेको ५ सय ५३ मतलाई ३१ भोटले उछिन्दै भण्डारीले ५ सय ८५ मत प्राप्त गरेका थिए।

यसैगरी प्रथम उपाध्यक्षमा अनिता गुरुङ विजयी भएकी छन् । उनले ८ सय ८२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सरोज कुमार खत्रीले ६ सय ९२ भोट ल्याएका थिए। त्यस्तै महासचिवमा जनक विक्रम शाही विजयी भएका छन्। उनले ७ सय ९२ भोट प्राप्त गरे भने उनका निकट प्रतिस्पर्धी बुद्धिराज घिमिरेले ७ सय ५४ भोट पाए।

युवा संयोजकमा राम थापा विजयी भएका छन्। थापाले ८ सय ८७ हजार मत ल्याएका थिए। त्यस्तै उपाध्यक्षमा लक्ष्मण बानियाँ, सचिवमा विष्णु प्रसाद घिमिरे र टिकाराम खरेल, कोषाध्यक्षमा कालिका थापा, सहकोषाध्यक्षमा सचिन श्रेष्ठ, महिला संयोजकमा संगीता अधिकारी भएका छन्।

निर्वाचित नयाँ कार्यसमितिका सदस्यहरूमा राजेश खनाल, सुपेन्द्र घिसिङ, बाबुराम खराल कटवाल, महेश कुमार, डिलाराम गैरे, सिबु थापा र जीन कुमार गुरुङ रहेका छन्।

त्यसैगरी क्षेत्रतर्फ क्षेत्रीय सचिवमा विकास बस्नेत र क्षेत्रीय उपाध्यक्षमा दीपक केसी निर्वाचित भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *