एनआरएनए नेदरल्यान्ड्सको आठौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कँडेल सर्वसम्मत

डिसी नेपाल
२३ भदौ २०७६ ७:२५

नेदरल्यान्ड्स । गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको आठौँ अधिवेशनबाट अध्यक्षमा श्रीराम कँडेल विजयी भएका छन् । नेदरल्यान्ड्समा रहेका विभिन्न राजनीतिक संगठन, सामाजिक संघसंथाहरुको सहयोग र समर्थनमा प्रतिनिधित्व रहने गरि गरिएको समावेशी कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

अथक प्रयासका बाबजुत उक्त प्रयास समितिमा रहेका सम्पूर्ण सदस्यहरुको र सामाजिक तथा राजनीतिक अभियन्ताको सहयोगबाट सम्भब भएको समन्वय समितिका संयोजक शशी पौडेलले जानकारी दिए। आगामी २०१९ २१ कार्यकालका लागि आइ सी सी सदस्य ठाकुर प्रसाद शर्मा (मनोहरि), एन आर एन नेदरल्यान्ड्सको अध्यक्षमा श्रीराम कँडेल, वरिष्ठ उपाध्यक्ष मिम पुर्जा, उपाध्यक्षहरुमा क्रमसः अच्युत कट्टेल, हेम कुमार भुजेल, हिरामणि पराजुली, हिरण्य ओझा, र कुश बजगाई रहेका छन।

त्यसै गरि महिला उपाध्यक्षमा बर्षा खड्का, महासचिवमा संर्घषसिल के सी, सचिवमा थमन बहादुर कार्की, कोषाध्यक्षमा खेम सापकोटा, सह कोषाध्यक्षमा रेशम गुरुङ, युवा संयोजकमा अमिर गुरुङ र महिला संयोजकमा राधा देवी शर्मा कँडेल रहेका छन्। नर्थ होल्याण्डको संयोजकमा सिता सापकोटा, साउथ होल्याण्डको संयोजकमा राज कुमार श्रेष्ठ र लिम्बर्गको संयोजकमा खड्ग रोक्का निर्वाचित भएका छन्।

त्यसैगरी मिडिया संयोजकमा द्रोण रिजाल, प्रवक्तामा शाबी पौडेल, चन्द्र कुँवर, दिपक ढकाल, ध्रुब न्यौपाने, गणेश थापा, राम चन्द्र पोख्रेल, राम बुढाथोकी, राजेन्द्र कँडेल रहेका छन् । शा बेनेलग्जका लागि नेपाली राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, कुमार पन्त , केन्द्रीय सदस्यहरु पर्वत गुरुङ, अर्जुन कुमार श्रेष्ठ लगायत विभिन्न संघसंथाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *