वन्यजन्तुको अपराध नियन्त्रण गर्न छलफल

डिसी नेपाल
२४ भदौ २०७६ १२:१०

भद्रपुर । वन्यजन्तुको अपराध नियन्त्रण गर्ने उद्देश्यले झापाको विर्तामोडमा सवारी चालक र यातायातकर्मीसँग छलफल गरिएको छ। हरियाली वन कार्यक्रमअन्तर्गत सामुदायिक वन महासङ्घ, एसआरआइलगायतका संस्थाको आयोजनामा सोमबार भएको अन्तक्र्रिया कार्यक्रममा वन्यजन्तुका बहुमूल्य वस्तु बोकेर कोही यात्रु चढेको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गरेर सहयोग गर्न आग्रह गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वउपमहानिर्देशक फणिन्द्र खरेलले जङ्गल क्षेत्रका सडकमा प्रायःजसो वन्यजुन्तुहरु भेटिने हुँदा सवारी चलाउँदा होसियार हुन चालकहरुलाई आग्रह गरे। उनले वन्यजन्तु चोरी, तस्करी र सवारीसाधनले किचेर मारेमा हुने दण्ड जरिवानाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐनमा उल्लेख भएको कुरासमेत जानकारी गराए।

पूर्वउपमहानिर्देशक खरेलले तस्कारहरुले विर्तामोड नै बास बसेर हात्तीको दारा, छेपारो, सालकको खपटा, बाघको छाला, चिरुको रौँ, पक्षीको प्वाख, समुद्री घोडा, पाहा र पुतलीलगायतका जीवजन्तुको पूर्वी नाकाबाट तस्करी भइरहेको बताए। डिभिजन जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले वन्यजन्तुको चोरी तस्करी र संलग्नविरुद्धका मुद्दाका बारेमा आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ को तथ्याङक प्रस्तुत गरेका थिए।

उनका अनुसार सोही अवधिमा कछुवा, नीरबिरालो, रेडपाण्डाको छाला, सालकको खबटा, अजिङ्गर, हरिणलगायतका वन्यजन्तुको अवैध कारोवार र त्यसमा संलग्नलाई पक्राउ गरी कारवाही गरिएको थियो। सहायक वन अधिकृत उप्रेतीले २०७१/७२ मा चराको प्वाँख र हरिणको अवैध तस्करीमा संलग्न नौ जनालाई पक्राउ गरी मुद्दा चलाइएको, २०७३/७४ मा लुइचे चरा तस्करीमा संलग्न एक, २०७४/७५ मा चित्तलको तस्करीमा संलग्न एक र २०७५/७६ मा नीलगाईको तस्करीमा छ।

चित्तलको तस्करीमा एक, अजिङ्गरमा दुई र लाटकोसेरोमा एक गरी १० जना तस्करीमा संलग्नविरुद्ध मुद्दा दायर गरिएको बताए । उनका अनुसार झापामा विसं २०६७/६८ देखि हालसम्मको अवधिमा विभिन्न कारणले १० जङ्गली हात्ती मरिसकेका छन्। वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले झापाको भारतसँग रहेको ११८ किलोमिटरको खुला सिमानाले तस्करलाई सहज हुने गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *