नेकपाको शपथ कार्यक्रममा झडप, प्रभु साहमाथि हातपात गर्दा देवनाथ यादवको टाउको फुट्यो

डिसी नेपाल
२४ भदौ २०७६ १५:५१

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश २ को सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा पनि विवाद भएको छ । नेकपाका कार्यकर्ताहरूले एकअर्कालाई कुर्सीले हानाहान गरेका छन् ।

शपथग्रहण कार्यक्रममा नेकपाका असन्तुष्ट नेता र कार्यकर्ताले कुर्सी तोडफोड गर्नुका साथै पार्टीका प्रदेश अध्यक्ष प्रभु साहमाथि हातपात गरेको बताइएको छ । शपथग्रहण समारोह शुरु हुनैलाग्दा बर्दिबासमा नेकपा नेता तथा पूर्वमन्त्री उमेश यादव लगायतका नेताहरूले कुर्सी तोडफोड गरेका छन् । साथै प्रदेश अध्यक्ष साहमाथि हातपातको प्रयास हुँदा अवस्था तनावग्रस्त बनेको थियो । विरोधमा प्रदेश कमिटी सदस्य देवनाथ यादवको टाउको फुटेको र उनको बर्दिवास अस्पतालमा उपचार भइरहेको एक केन्द्रीय सदस्यले जनाएका छन् ।

कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेकपाको प्रदेश २ का आठै जिल्लाका पदाधिकारीको शपथग्रहण कार्यक्रम आजको लागि तय भएको थियो । तर पदाधिकारी चयनमा पार्टीले एकलौटी गरेको भन्दै असन्तुष्टि बढेपछि अन्तिम समयमा आएर ६ जिल्लाको शपथ ग्रहण स्थगित गरिएको थियो । सिरहा र सप्तरीका पदाधिकारीको शपथग्रहणका लागि बर्दिबासमा आयोजित कार्यक्रममा समेत विवाद सृजना भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *