उरुग्वे र अमेरिकाको बराबरी

डिसी नेपाल
२५ भदौ २०७६ १०:३८

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा उरुग्वे अमेरिकासँग बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा उरुग्वे र अमेरिकाले १–१ गोलको बराबरी खेलेका हुन् ।

अमेरिकामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेले बराबरी खेलेको हो । खेलको ५० औं मिनेटमा ब्रेन रोड्रिगेजले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ७९ औं मिनेटमा जोर्डन मोरिसले गोल गर्दै अमेरिकालाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

अर्को मैत्रीपूर्ण खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् । इक्वेडरले भने बोलिभियालाई ३–० ले हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *