नेइमारलाई जनवरी १ मा बिक्रीमा राखिने

डिसी नेपाल
२५ भदौ २०७६ १२:३९

काठमाडौं। पिएसजीका ब्राजिलियन स्ट्राइकर नेइमार यस सिजन पिएसजी छाड्न चाहन्थे । उनलाई अनुबन्ध गर्न रियल मड्रिड र बार्सिलोनाले प्रयास पनि गरे तर सफल भएनन् । यस सिजन उनी पिएसजीमै रहेका छन् । समर मार्केटमा नेइमार पिएसजीमै रहे पनि विन्टर मार्केटमा भने उनी अर्को क्लव जाने सम्भावना बढेको छ ।

टुट्टोस्पोर्टलाई उद्धृत गर्दै स्पेनिस मिडिया मार्काले जनाएअनुसार पिएसजीका डाइरेक्६र लियोनार्दोले नेइमारलाई विन्टर मार्केटमा बेच्ने प्रयास गर्नेछन् । लियोनार्दोले नेइमारलाई २०२० को जनवरी १ मा बिक्रीका लागि राख्ने तयारी गरेका छन् । ‘हामी खेलाडीको विषयमा छलफल गर्न खुला छौं तर यसअघि कुनै सम्झौता वा सहमति भएको थिएन’ लियोनार्दोले भने ।

उनका अनुसार नेइमार अर्को क्लव नजानुको कारण चित्तबुझ्दो अफर नआउनु हो । यदि कसैले नेइमारलाई किन्न चाहन्छ भने यनीहरुले हामीसामु अफर प्रस्तुत गर्नुपर्यो । त्यसपछि हामी हेर्छौं कि यो सबैलाई चित्तबुझ्दो हुन्छ कि हुँदैन । यअघि बार्सिलोना, रियल मड्रिड र युभेन्टसले नेइमारलाई अनुबन्ध गर्ने प्रयास गरेका थिए । र, अब विन्टर ट्रान्सफरमा पनि नेइमारका लागि यिनै क्लवहरु अगाडि आउने देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *