सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोसको दोस्रो खेल आज राती

डिसी नेपाल
२५ भदौ २०७६ १४:१५

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोस ट्रिडेन्टसले सेन्ट किड्स एण्ड नेभिस पेट्रोइट्सविरुद्ध खेल्दैछ ।

खेल नेपाली समयअनुसार, आज राति ३ः४५ बजे शुरु हुनेछ । यसअघि सन्दीप आवद्ध टीमले खेलेको एक खेलमा पराजय भोगेको छ । गत सिजनमा सन्दीपले खेलेको पेट्रोइट्स विरुद्ध जित निकाल्ने तयारीमा बार्बाडोस छ ।

पेट्रोइट्सका लागि भने यो चौथौं खेल हो । यसले दुई खेलमा पराजय बेहोरिसकेको छ ।

अघिल्लो खेलमा सन्दीपले एक ओभर मात्रै बलिङको अवसर पाएका थिए । तर, निकै कसिलो बलिङ गर्दै पाँच रन मात्रै दिएका थिए । सन्दीप ७० हजार डलरमा बार्बाडोसमा अनुबन्धित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *