ह्याट्रिक गरेर अर्जेन्टिनालाई जिताएपछि मार्टिनेजले दिए यस्तो प्रतिक्रिया

डिसी नेपाल
२५ भदौ २०७६ १६:२६

काठमाडौं। मंगलबार राति मेक्सिकोविरुद्धको मैत्रीपूर्ण खेलमा आकर्षक खेलसहित ह्याट्रिक गरेका अर्जेन्टिनी खेलाडी लौटारो मार्टिनेजले आफू खुशी र उत्साहित भएको बताएका छन्। लियोनेल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले गेरार्डो मार्टिनोको प्रशिक्षणमा रहेको मेक्सिकोको अपराजित कीर्तिमानमा पूर्णविराम लगाउने क्रममा मार्टिनेजले पहिलो हाफमै ह्याट्रिक गरेका थिए।

गत जुलाईमा सम्पन्न दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका इन्टर मिलानका फरवार्डले पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गर्न उत्कृष्ट तीन गोल गरेका थिए। २२ वर्षीय मार्टिनेजले यो ह्याट्रिकसँगै अर्जेन्टिनाबाट खेलेका १३ खेलमा गोलसंख्या ९ पुर्‍याएका छन्।

‘म खुशी र उत्साहित छु,’ उनले भने, ‘यहाँ सम्म पुग्नका लागि धेरै कुरामा सम्झौता गर्नु पर्‍यो, यो (अर्जेन्टिनाको) जर्सीमा प्रत्येक दिन तीन गोल हुँदैनन्।’ तीन गोलसहित उनले टोलीका लागि हासिल गरेको पेनाल्टीलाई लियनार्दो पेरेडेसले पहिलो हाफमै गोलमा परिणत गरेका थिए। रेसिङ क्लबका पूर्व फरवार्ड मार्टिनेजले अर्जेन्टिनाका लागि गरेको विजयी ह्याट्रिक आफ्ना पूर्व सहकर्मी खेलाडीप्रति समर्पित गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *