इबीएको विजयी शुरुआत

डिसी नेपाल
२५ भदौ २०७६ २१:३५

काठमाडौं। इडेन ब्रिज एकेडेमी (इबीए) ले प्रथम बीबीबीएचएस अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार विजयी शुरुआत गरेको छ।

बूढानीलकण्ठ स्कुलमा भएको खेलमा इबीएले फ्युजन एकेडेमीलाई १–० गोलले पराजित ग¥यो । इबीएका विशाल आले मगरले निर्णायक गोल गरे ।

बाल विकास बोर्डिङ मावि (बीबीबीएचएस) द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा ओम, पञ्चकन्या, मनजरी, त्रिकोण र गणेशले जित हात पारे ।

ओमले आयोजक बीबीबीएचएस ‘बी’ लाई १–० गोलले हरायो । ओमका विकास थापा मगरले १ गोल गरे । पञ्चकन्याले विट्सलाई २–० गोलले पाखा लगायो । पञ्चकन्याका उमेश विक र सुरेन्द्र बस्नेतले १–१ गोल गरे ।

मञ्जरीले भद्रकालीमाथि ४–० को सहज जित दर्ता गर्यो । मञ्जरीका कृतेश लिम्बू र सुशील सुनुवारले समान २–२ गोल गरे । त्रिकोणले ओडिसीलाई ४–० गोलले पन्छायो । त्रिकोणका सुजन स्याङतानले सम्भव चारै गोल गरे । बीएमसी विरुद्धको खेलमा गणेश ३–२ गोलले विजयी भयो । गणेशका विक्रम राना मगरले २ तथा हरि अधिकारीले १ गोल गरे ।

प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले रेफ्रीलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । भदौ २९ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा २४ टिम सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *