आइसीसी महिला टी–२० वरियतामा नेपाल एक स्थान तल

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा पुगेको छ ।

अघिल्लो वरियतामा नेपाल १४ औं स्थानमा रहेको थियो । पपुवा न्युगिनीको वरियता बढेपछि नेपाल एक स्थान तल झरेको हो । नयाँ वरियता अनुसार नेपालले १९ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गत फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

उक्त प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बन्चित भएको थियो । एसोसियट राष्ट्रको टी–ट्वान्टी वरियतामा नेपाल चौंथो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड, स्कटल्याण्ड र पपुवा न्युगिनी रहेका छन् ।

महिलाको टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत पनि यथावत रहेका छन् ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position