‘स्ट्रर्लिङ मेस्सी र रोनाल्डोको स्तरमा पुग्ने क्षमता भएका खेलाडी हुन्’

डिसी नेपाल
२८ भदौ २०७६ ९:१६

एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले स्ट्राइकर रहिम स्ट्रर्लिङसँग लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको स्तरमा पुग्ने क्षमता रहेको बताएका छन् ।

प्रिमियर लिग अन्तर्गत नर्विच सिटीसँगको खेलअघि बोल्दै ग्वार्डीओलाले मेस्सी र रोनाल्डोसँग कसैको तुलना नहुने तर स्ट्रर्लिङसँग भने उनीहरुको स्तरमा पुग्ने क्षमता रहेको बताए ।

ग्वार्डीओलाले पछिल्लो समय स्ट्रर्लिङले गरेको प्रदर्शनबाट उक्त कुराको पुस्टि हुने समेत बताए । उनलाई त्यो स्तरमा लैजान आफुले सहयोग गर्ने समेत बताए ।

यस सिजन स्ट्रर्लिङले क्लब र राष्ट्रको लागि ८ खेलमा ८ गोल गरेका छन् । लिगको सुरुवाती खेलमा समेत उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। स्ट्रर्लिङले आज हुने नर्विचसँगको खेलमा समेत उत्कृष्ट खेल्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *