रियललाई राहत, हाजार्ड टिममा फर्किए

डिसी नेपाल
२८ भदौ २०७६ १०:३०

एजेन्सी – बेल्जियन विंगर इडेन हाजार्ड स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने लेभान्तेविरुद्ध खेलका लागि रियल म्याड्रिडको टोलीमा समेटिएका छन् । रियलले शनिबार नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे लेभान्तेसंग खेल्दैछ ।

चोटका कारण सुरुवाती खेलहरु गुमाएका हाजार्डले अन्तर्राष्ट्रिय ब्रेकमा पनि विश्राम लिएका थिए । हाजार्डले रियलका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छैनन् । लेभान्तेविरुद्ध खेलमा उनी पहिलो रोजाइमा नै खेल्ने प्रबल सम्भावना रहेको छ । मिडफिल्डका खेलाडीहरु घाइते हुनुले पनि हाजार्ड पहिलो रोजाइमा खेल्दा थप जिम्मेवार हुनुपर्ने देखिएको छ ।

हाजार्डसँगै रियलको आक्रमणमा करीम बेन्जेमा र लुका जोभिच साथमा हुनेछन् । जोभिचले पनि चोटबाट पुनरागमन गर्दैछन् । राष्ट्रिय टोलीबाट खेल्दा सामान्य चोट बोकेपनि उनी टोलीमा समेटिएका छन् । यधपी मिडफिल्डर इस्को, मोड्रीच र भालभेर्डे चोटका कारण उपस्थित रहने छैनन् । मध्यक्रममा क्यासेमिरो, टोनी क्रुस र हामेस रोड्रीग्वेज मात्र फिट रहेका छन् ।

विंगर ग्यारेथ बेल अघिल्लो खेलमा रातो कार्ड पाएका कारण यस खेलका लागि उपलब्ध छैनन् । युवा ब्राजिलियन भिनिसियस जुनियर र रोड्रीगो टोलीमा रहेका छन् । यीमध्य एकले सुरुवाती रोजाइमा खेल्ने प्रबल सम्भावना रहेको छ । जिदानले नयाँ गोलरक्षक अल्फोन्स अरिओलालाई पनि टोलीमा समेटेका छन् ।

लेभान्तेविरुद्ध रियलको १९ सदस्यीय टोलीः

गोलरक्षकः थिबाउट कोर्तुवा, अल्फोन्स अरिओला, अल्तुबे

डिफेन्डरः ड्यानी कार्भाजल, इडर मिलिसाओ, सर्जियो रामोस, राफेल भाराने, नाचो फर्नान्डेज, मार्स्लो, फर्लान्ड मेन्डी

मिडफिल्डरः टोनी क्रुस, क्यसेमिरो, हामेस रोड्रीग्वेज

फरवार्डः इडेन हाजार्ड, करीम बेन्जेमा, लुकास भाज्केज, लुका जोभिच, भिनिसियस जुनियर, रोड्रीगो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *