सिपिएलमा ट्रीनबागोको जीत, अहिलेसम्मकै धेरै रनको रेकर्ड पनि बनायो

डिसी नेपाल
२८ भदौ २०७६ १०:३३

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत ट्रीनबागो नाइट राइडर्सले जमाइका तल्लाहवालाई पराजित गरेको छ । आज बिहान भएको खेलमा नाइट राइडर्सले तलाहवालाई ४१ रनले पराजित गरेको हो । नाइट राइडर्सले दोएको २६८ रनको लक्ष्य पच्छ्याएको तलाहवाले २० ओभरमा २२६ रन मात्र बनाउन सक्यो ।

यो खेलमा नाइट राइडर्सले नयाँ रेकर्ड बनाएको छ । ट्रीनबागोले क्रिस गेलको कप्तानीमा रहेको जमैका तल्लावाहविरुद्ध सिपिएलकै इतिहासमा धेरै रन बनाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको ट्रीनबागोले २० ओभरमा २ विकेट गुमाउदै २६७ रनको विशाल स्कोर बनाएको छ । ट्रीनबागोको इनिंगमा कोलिन मुनरो, लेंडी साइमन्स र कप्तान केरन पोलार्डले आक्रामक ब्याटिंग गरेका थिए ।

कोलिन मुनरोले ५० बलमा ९६ रन अविजित बनाए । आफ्नो पारीमा ८ छक्का र ६ चौका प्रहार गरेका मुनरो शतकबाट चुके पनि ट्रीनबागोलाई रेकर्ड रन बनाउन ठुलो भूमिका खेले । त्यस्तै लिंडल साइमन्सले ४२ बलमा ५ छक्का र ८ चौकाको मद्धतले ८६ रन बनाए ।

त्यस्तै कप्तान पोलार्डले १७ बलमा ४५ रन अविजित बनाए भने सुनिल नारायन ले १८ बलमा २० रन बनाए । जमैकाक बलर कुनै किसिमले लयमा देखिएनन् । जमैकाका जाहिर खानले एक विकेट लिए भने एक विकेट रनआउटका रुपमा लिएको थियो ।

यस सिजनको सिपिएलमा उच्च रन बनेको यो तेस्रो इनिंग हो । अघिल्लो खेलमा जमैकाले बनाएको २४१ रनको विशाल रनलाई सेन्ट लुइसले सफल चेज गर्दै २४२ रनको रेकर्ड राखेको थियो । साथै यो सिपिएलको इतिहासमा अहिलेसम्मको उच्च टोटल हो ।

टी-२० क्रिकेटको इतिहासमा अहिलेसम्मको दोस्रो उच्च रन हो । यस अघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ रन बनाएको थियो । यो नै टी-२० मा अहिलेसम्मको धेरै रनको रेकर्ड हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *