खेलाडीको चोटका कारण बार्सिलोना संकटमा, फेरि अर्का खेलाडी घाइते

डिसी नेपाल
२८ भदौ २०७६ १०:४२

काठमाडौँ । बार्सिलोना फेरि अर्को खेलाडीको इन्जुरीका कारण समस्यामा परेको छ । बार्सिलोनाका डिफेन्डर साम्युल उमटिटि घाइते भएपछि उनी कम्तिमा ६ साताका लागि बाहिरिएका छन् । अन्तर्राष्ट्रिय ब्रेकका क्रममा फ्रान्सका लागि खेल्दा उमटिटि घाइते भएका हुन् ।

उमटिटिको इन्जुरीले चिन्तित बनाएको बार्सिलोनालाई अर्का घाइते लुइस स्वरेज ठिक भएपछि केहि सन्तोष भने भएको छ । स्वरेज ला लिगा अन्तर्गत भलेन्सियाविरुद्धको खेलमा टिममा समावेश भएका छन् । स्वरेजले यस सिजनको ला लिगाको पहिलो खेलमा एथलेटिको बिलबाओविरुद्ध ३७ मिनेट खेलेपछि काल्फ़ इन्जुरी भएपछि मैदान छोडेका थिए ।

त्यस्तै बार्सिलोनाका कप्तान लियोनेल मेसी इन्जुरीका कारण अझै यस सिजनको लिग खेल्न सकेका छैनन् । मेसीले भलेन्सियाविरुद्धको खेल सहित च्याम्पियन्स लिगको दोर्ट मण्डविरुद्धको पहिलो खेल समेत गुमाउने बार्साका प्रशिक्षक इर्नेस्टो भालभेर्डोले बताएका छन् ।

त्यस्तै बार्सिलोनाका अर्का फरवार्ड उसमान डेम्बेले समेत इन्जुरीका कारण अहिले बाहिर छन् । यस सिजनको ला लिगामा अहिलेसम्म ३ खेल खेलेको बार्सिलोनाले एक जित, एक बराबरी र एक हार बेहोर्दै औसत सुरुवात गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *