आर्चरको घातक बलिङको अगाडि अस्ट्रेलिया धराशायी, पहिलो इनिङमा ६९ रनले पछि

डिसी नेपाल
२८ भदौ २०७६ १०:५१

काठमाडौं । जारी पाँचौ एशेजमा घरेलु टिम इङल्याण्डले दोस्रो दिन उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो इनिंगमा २९४ रन बनाएर अल आउट भएको इङल्याण्डले उत्कृष्ट बलिङ गर्दै यस टेस्टमा शानदार कमब्याक गरेको छ । अस्ट्रेलिया आफ्नो पहिलो इनिंगमा २२५ रनमा समेटिएको छ ।

जोफ्रा आर्चरको घातक बलिङपछि अस्ट्रेलिया खेलको दोस्रो दिन २२५ रनमा समेटिएको हो । अस्ट्रेलियाको इनिंग ध्वस्त गर्ने क्रममा आर्चरले ६ विकेट लिएका थिए । त्यस्तै साम कुरानले ३ विकेट लिए भने क्रिस वोक्सले एक विकेट लिए ।

अस्ट्रेलियाका लागि फेरी पनि स्टिभ स्मिथले राम्रो ब्याटिंग गरे । स्मिथले ८० रन बनाएर आउट भए । त्यो बाहेक अस्ट्रेलियाका लागि मार्नस लाबुसचेंगले ४८ रन बनाए भने नाथन लियोनले २५, म्याथ्यु वाडेले १९, पिटर सिडडलले १८, मिचेल मार्शले १७ रन बनाए । अस्ट्रेलियाका ओपनर यस सिरिजमा फेरी फेल भयो । डेविड वार्नरले केवल ५ रन बनाए भने मार्कस ह्यारिसले ३ रन बनाए । त्यस्तै कप्तान टिम पाने एक रनमा आउट भए ।

दोस्रो दिनको खेल सकिदा इङल्याण्डले बिना कुनै नोक्सानी ९९ रन बनाएर खेलिरहेको छ । यसरी पहिलो इनिंगमा ६९ रनको अग्रतासहित इङल्याण्डले अस्ट्रेलियामाथि ७८ रनको बढ्त बनाएको छ । एशेज सिरिज अन्तर्गत अस्ट्रेलिया अहिलेसम्म २-१ ले अगाडी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *