पाकिस्तानको कप्तान शरफराज नै रहने, उपकप्तान बाबर आजम

डिसी नेपाल
२८ भदौ २०७६ १०:५३

काठमाडौँ । पकिस्तान क्रिकेट बोर्डले विश्वकपमा खराब प्रदर्शनका बाबजुद शरफराज अहमदलाई कप्तान कायम राहेको छ । श्रीलंकाविरुद्धको एकदिवसीय तथा टी-२० सिरिजका लागि शरफराजलाई कप्तान घोषणा गरेको हो । त्यस्तै बोर्डले पाकिस्तानका चर्चित ब्याट्सम्यान बबर आजमलाई उपकप्तान बनाएको छ ।

पाकिस्तानले आफ्नै घरेलु मैदानमा श्रीलंकासँग तीन एकदिवसीय र तीन टी-२० खेल खेल्दै छ । श्रीलंकासँगका यी दुई सिरिज यहि सेप्टेम्बर २७ देखि अक्टोबर ९ सम्म खेलिनेछ । विश्वकपमा लिग चरणबाटनै बाहिरिएको पाकिस्तानले कोचलाई हटाएको थियो भने कप्तान शरफराजलाई समेत हटाउने चर्चा चलेको थियो ।

तर हालै पाकिस्तान क्रिकेट टिमका हेद कोच तथा छनौट समितिका प्रमुख बनेका मिशबा उलहकले शरफराजलाई नै कप्तान र आजमलाई उपकप्तान बनाउने सिफारिश बोर्ड समक्ष गरेका थिए । शरफराजले कप्तानमा निरन्तरता पाएपछि खुशी व्यक्त गर्दै आफुले पाकिस्तानलाई जिताउन सक्दो प्रयास गर्ने बताए ।

सुरक्षा कारण देखाउदै श्रीलंकाका प्रमुख खेलाडी पाकिस्तान टुरमा नजाने बताएपछि यो सिरिज विवादमा आएको थियो । तर श्रीलंका क्रिकेट बोर्डले अन्य खेलाडी सहितको टिम पाकिस्तान पठाउने निर्णय गरिसकेको छ । लासित मलिंगा, कुसल परेरा, धनन्जय डिसिल्भासहित १० खेलाडी पाकिस्तान टुरमा नजाने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

२००९ मा श्रीलंकाका खेलाडीमाथि एक बन्दुकधारीले आक्रमण गरेको थियो । पाकिस्तान क्रिकेट बोर्डले आफ्नो १६ सदस्यीय टिमको घोषणा सेप्टेम्बर २३ मा गर्ने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *