ला लिगामा नाटकीय खेलः दुवै टिमले पेनाल्टी पाए, दुवैले मिस गरे, खेल गोलरहित बराबरी

डिसी नेपाल
२८ भदौ २०७६ ११:२६

काठमाडौं। ला लिगामा गएराती भएको एक खेलमा अन्तिम समयमा निकै नाटकीय घटना भयो । सन मोइक्समा रियल मालोर्का र एथ्लेटिको बिल्बाओबीच भएको खेलमा दुवै टिमले पेनाल्टी हान्ने अवसर पाएका थिए । तर, दुवैले पेनाल्टी मिस गर्दा खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

खेल निकै प्रतिस्पर्धात्मक थियो र पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन । खेल ८२ औं मिनेटमा पुग्दा समेत दुवै टिमले गोल गर्न सकेका थिएनन् । यत्तिकैमा ८२ औं मिनेटमा रियल मालोर्काले गोल गर्ने सुनौलो अवसर पायो । बिल्बाओका युरीले मालोर्काका ताकेफुसा कुबोलाई ट्याकल गरेपछि मालोर्काले पेनाल्टी पायो । तर, एब्डन प्राट्सले पोस्टभन्दा बाहिर प्रहार गरेपछि मालोर्काले गोल गर्ने अवसर गुमायो ।

निर्धारित ९० मिनेटको खेल सकिएर खेल इन्जुरी टाइममा पुगेका बेला बिल्बाओले पनि यस्तै अवसर पायो । इद्रिसु बाबाले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि बिल्बाओले पेनाल्टी पाएको थियो । आरिट्ज अडुरिजले हानेको पेनाल्टी मालोर्काका गोलकिपर मानोलो रेइनाले बचाएपछि अन्ततः खेल गोलरहित बराबरीमा टुंगियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *