पिएसजीविरुद्ध नयाँ खेलाडीलाई उतार्दै रियल मड्रिड

डिसी नेपाल
३१ भदौ २०७६ १२:५१

काठमाडौं। रियल मड्रिडले यो समरमा नयाँ खेलाडी ल्याउनको लागि ३०५ मिलियन युरो खर्च गरेको छ । तर, ती खेलाडीलाई सुरुमै अवसर नदिएका कारण फ्यानहरुले रियलको आलोचना गरिरहेका छन् । अहिलेसम्म रियलले पहिलो रोजाइको टिममा इडेन हजार्डलाई मात्र प्राथमिकताका साथ स्थान दिएको छ ।

मड्रिडमा फ्यानहरुको मनमा अहिले डर छ किनकि ४ वर्षमा गत सिजन रियलले पहिलो पटक च्याम्पियन्स लिग जितेन । रियल गत सिजन ला लिगामा पनि लज्जास्पद रुपमा ठूलो अन्तरले तेस्रो स्थानमा रह्यो । उनीहरुसँग अहिले क्रिस्टियानो रोनाल्डो पनि छैनन् । यस्तोमा आजको रातले मड्रिडमा नयाँ आएका खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर दिने भएको छ ।

आज पिएसजीविरुद्ध हुने खेलमा इडेन हजार्डसँगै फरल्याण्ड मेन्डी र इडर मिलिटाओ खेल्ने निश्चित भएको स्पेनिस मिडिया मार्काले लेखेको छ । यी तीनै जना यसै सिजन रियल आएका हुन् । बायर्न म्युनिकबाट २ वर्षको लोनपछि यसै जिन फर्किएका जेम्स रोड्रिग्वेज पनि आज खेल्नेछन् । यसै सिजन पिएसजीबाट लोनमा रियल भित्रिएका अल्फोन्से एरिओला लुका जोभिक र रोड्रिगो गोज भने बेन्चमा रहने बताइएको छ ।

ब्राहिम डियाज प्रशिक्षक जिनेदिन जिदानले रुचाउने खेलाडी हुन् । तर, उनी चोटबाट पूरै फिट नभएकोले आज नखेल्ने बताइएको छ । मारियानो डियाज भने जिदानको योजनामै नरहेकोले उनी पनि बेन्चमै रहनेछन् । डिफेन्समा फरल्याण्ड मेण्डीले भिल्लारियलविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसमाथि मार्सेलो समेत घाइते भएकोले मेण्डी खेल्ने निश्चित छ । डिफेन्समा मेण्डीसँगै इडर मिलिटाओ हुनेछन् । सर्जियो रामोस र नाचो फर्नान्डेज अघिल्लो सिजनदेखिकै प्रतिबन्धका कारण खेल्न पाउने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *