इन्डोनेसियाको शीर्ष डिभिजन लिगको ‘टिम अफ दि विक’मा रोहित

डिसी नेपाल
१ असोज २०७६ ६:२३

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको शीर्ष डिभिजन लिग लिगा वानको ‘टिम अफ दि विक’ मा परेका छन् ।

पर्सिजा जकार्ताका मिडफिल्डर रोहित यस हप्ताको टिम अफ दि विकमा परेका हुन् । रोहित करिब १८ महिनापछि टिम अफ दि विकमा पर्न सफल भएका हुन् ।

रोहितले आइतबार पीएसआइएसविरुद्ध २–१ गोलको जित निकाल्दा एक गोल गरेका थिए । जकार्ताले यस सिजन १६ खेलबाट १७ अंक जोडेको छ । जकार्ता १५ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *