साविक विजेता लिभरपुलको खराब सुरुवात, पहिलो खेलमै पराजित

डिसी नेपाल
१ असोज २०७६ ६:५३

एजेन्सी । साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ। मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुल ईटालियन क्लब नापोलीसंग २–० गोल अन्तरले पराजित भएको हो ।

नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल ब्यहोर्दै लिभरपुलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ । समुह ई अन्तर्गतको खेलमा लिभरपुललाई पराजित गर्न मार्टिनेज र लोरेन्टीले समान एक एक गोल गरे ।

८२ औं मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । लोरेन्टीले ईन्जुुरी समयमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

गोलकिपर एन्ड्रियनले सुरुवात दुई मुख्य प्रहारको बचाउ गर्दै लिभरपुलको उद्वार गरेका थिए । तर उनी सान पाउलो मैदानमा प्रभाव छाड्न संघर्षरत देखिन्थे ।

सन् १९९४ मा एसी मिलानसंग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो स्तब्धपुर्ण नतिजा निकालेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *