पेनाल्टीमा चुक्यो चेल्सी, हारबाट सिजनको सुरुवात

डिसी नेपाल
१ असोज २०७६ ७:१५

एजेन्सी । लण्डन क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासंग १–० गोल अन्तरले पराजित भएको हो । समुह एचको खेलमा पाहुना टोली भ्यालेन्सियालाई जिताउन रोड्रिगोले ७४ औ मिनेटमा गोल गरेका थिए ।

फ्राङ्क लाम्पार्ड प्रशिक्षकको रुपमा च्याम्पियन्स लिग पहिलो खेलमा मैदान उत्रिएका थिए । उनले खेलाडीको रुपमा सन् २०१२ मा च्याम्पियन्स लिग जितेका थिए । मंगलबारको रात लाम्पार्डका लागि समेत खराब रह्यो ।

चेल्सीले फर्ममा रहेका खेलाडी मेसन माउन्टलाई चोटका कारण सुरुवातमै गुमाउन पुग्यो । खेल सकिन चार मिनेट अगाडी पेनाल्टीमार्फत खेलमा फर्कने अवसर लण्डन क्लबले पाएको थियो ।

तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्कली गोल गर्न असफल रहे । नियमित रुपमा पेनाल्टी प्रहार गर्ने जोर्गिन्हो र विलियनलाई सो अवसर दिईएको थिएन । प्रिमियर लिगको पछिल्लो खेलमा ह्याट्रिक गरेको टमी अब्राहमले च्याम्पियन्स लिगको सिजनको पहिलो खेलमा प्रभाव जमाउन असफल रहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *