बंगलादेशले पायो लगातार दुई पटक साफ आयोजना गर्ने मौका

डिसी नेपाल
१ असोज २०७६ ७:४६

काठमाडौं । सन् २०२० मा हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप बंगलादेशमा आयोजना हुने भएको छ ।

मलेसियाको क्वालालम्पुरमा बसेको साफको बैठकले १३ औं साफ बंगलादेशमा गर्ने निर्णय गरेको हो । १३ औं संस्करणको साफ सन् २०२० को सेप्टेम्बरमा हुनेछ ।

योसँगै बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने भएको छ । सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो । उक्त संस्करणमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *