नेपालको नयाँ बलिङ प्रशिक्षकमा भेन्कटराम नियुक्त

डिसी नेपाल
१ असोज २०७६ ८:५८

काठमाडौं । भारतीय प्रशिक्षक वुरिटी भेन्कटराम नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भेन्कटरामलाई नेपालको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको हो ।

सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजलाई मध्यनजर गर्दै आईसीसीले भेन्कटरामलाई बलिङ कन्सल्टेन्टको रुपमा नेपाल पठाएको हो । भेन्कटराम सोमबार नै नेपाल आईसकेका छन् ।

बिहारको पूर्व कप्तान समेत रहेका स्पिनर भेन्कटराम भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को लेभल–३ कोच हुन् । भेन्कटरामसँग झारखण्ड क्लरिकेट टिमलाई प्रशिक्षण दिएको अनुभव समेत छ ।

६२ वर्षीय भेन्कटरामसँग प्रथम श्रेणी र लिष्ट ए क्रिकेटको अनुभव छ । उनले ६८ प्रथम श्रेणीको खेलमा १२ सय ८२ रन र २ सय १७ विकेट लिएका छन् ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने टी-ट्वान्टी सिरिज सेप्टम्बर २७ बाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् ।

नेपालले जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिंगापुर क्रिकेटको अनुसार नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ । यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ । यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो । घरेलु मैदानमा भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको हो ।

नेपाल यो सिरिजपछि ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी-ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *