No ads found for this position
No ads found for this position

नेपालको नयाँ बलिङ प्रशिक्षकमा भेन्कटराम नियुक्त

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ असोज २०७६ ८:५८
No ads found for this position

काठमाडौं । भारतीय प्रशिक्षक वुरिटी भेन्कटराम नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भेन्कटरामलाई नेपालको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको हो ।

सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजलाई मध्यनजर गर्दै आईसीसीले भेन्कटरामलाई बलिङ कन्सल्टेन्टको रुपमा नेपाल पठाएको हो । भेन्कटराम सोमबार नै नेपाल आईसकेका छन् ।

बिहारको पूर्व कप्तान समेत रहेका स्पिनर भेन्कटराम भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को लेभल–३ कोच हुन् । भेन्कटरामसँग झारखण्ड क्लरिकेट टिमलाई प्रशिक्षण दिएको अनुभव समेत छ ।

६२ वर्षीय भेन्कटरामसँग प्रथम श्रेणी र लिष्ट ए क्रिकेटको अनुभव छ । उनले ६८ प्रथम श्रेणीको खेलमा १२ सय ८२ रन र २ सय १७ विकेट लिएका छन् ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने टी-ट्वान्टी सिरिज सेप्टम्बर २७ बाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् ।

नेपालले जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिंगापुर क्रिकेटको अनुसार नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ । यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ । यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो । घरेलु मैदानमा भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको हो ।

नेपाल यो सिरिजपछि ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी-ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *