सिटीका डिफेन्डर जोन पाँच साता मैदान बाहिर

डिसी नेपाल
१ असोज २०७६ १०:१५

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका डिफेन्डर जोन स्टोन्स पाँच साता मैदान बाहिर रहने भएका छन् ।

च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत शख्तर डोनेक्स्टविरुद्धको खेलअघि मंगलबार अभ्यासको दौरान चोट बोकेपछि स्टोन्स पाँच हप्ता मैदानबाट बाहिर रहने भएका हुन् । इन्ग्लिश डिफेन्डर स्टोन्सको खुट्टाको मांसपेशीमा चोट लागेको बताईएको छ ।

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालाले स्टोन्स पाँच साता मैदान बाहिर रहने पुष्टि गरेका छन् । ‘चार वा पाँच महिना टिमबाहिर रहनेछन्,’ ग्वार्डीवालाले भने, ‘म्यानेजरको रुपमा मेरो लागि कठिन चुनौती हो । म सँग अब मात्र एक सेन्टर डिफेन्स हुनेछ।

स्टोन्सले चोट बोकेसँगै सिटीलाई डिफेन्डरको चोटले सताएको छ । सिटीका अर्का डिफेन्डर एम्रिक लापोर्टे चोटका कारण ६ महिना बाहिर रहिसकेका छन् । अब सिटीसँग सिनियर डिफेन्डरमा निकोलस ओटामेन्दी बाँकी रहेका छन् । स्टोन्सको स्थानमा सिटीले अब ओटामेन्दीलाई प्रयोग गर्नेछ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *