No ads found for this position
No ads found for this position

सीपीएलमा २१६ रनको स्कोर टाइ, सुपरओभरमा ब्रेथवेटले सेन्ट किट्सलाई जिताए

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ असोज २०७६ १०:३४
No ads found for this position

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत ट्रीनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयटसबीचको खेलको सुपर ओभरमा निर्णय भएको छ । सुपर ओभरमा सेन्ट किट्सले नाइट राइडर्सलाई पराजित गरेको छ । सेन्ट किट्सले दिएको १९ रनको लक्ष्य पछाएको नाइटराइडर्सले सुपर ओभरमा केवल ५ रन मात्र बनाएपछि सेन्ट किट्स विजयी भएको हो ।

यस अघि दुवै टिमले २१६-२१६ रन बनाएका थिए । टस हारेर पहिला ब्याटिंग गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाउदै २१६ रन बनाएको थियो । नाइट राइडर्सका लागि लिंडल सिमोन्सले ४५ बलमा ९० रनको पारी खेलेका थिए । त्यस्तै २१७ रनको लक्ष्य पाएको सेन्ट किट्सले २० ओभरमा ४ विकेट गुमाउदै २१६ रन बनाएपछि खेल टाई भएको थियो ।

सेन्ट किट्सका लागि कप्तान कार्लोस ब्रेथवेटले ३० बलमा ६४ रनको आक्रामक पारी खेलेका थिए । ब्रेथवेटले सुपर ओभरमा बलिङ गर्दै नाइट राइडर्सलाई एक विकेट लिएर ५ रनमा रोक्दै इत दिलाएका थिए । सुपरओभरमा सेन्ट किट्सले बनाएको १८ रनमध्ये १७ रन पनि ब्रेथवेटले नै बनाएका थिए ।

उनी खेलको म्यान अफ द म्याच बनेका थिए । यो जितसँगै सेन्ट किट्सले आफ्नो सातौ खेलमा तेस्रो जित हासिल गरेको छ भने नाइट राइडर्सले आफ्नो पाँचौ खेलमा पहिलो हार बेहोरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *