No ads found for this position
No ads found for this position

प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला भलिबल शनिबार

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ असोज २०७६ १०:५८
No ads found for this position

काठमाडौं । पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप –२०७६ अन्तर्गत राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चरणको खेल शनिबार हुने भएको छ । वर्षाका कारण लगातार स्थगित भएको खेल मंगलबार हुने भनिए पनि वर्षाकै कारण फेरि असोज ४ गते शनिबारसम्मका लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।

प्रगतिशील युवा नेपालको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै अन्तिम चरणमा पुगेका थिए ।

वर्षाले खेल स्थगित हुनुअघि दुवै टोलीले एक एक खेल जितेका थिए । खेलमा पहिलो खेलमा आर्मीले २५–२३ ले जितेको थियो भने दोस्रो खेल पुलिसले २५–२० ले जितेको थियो । अन्तिमचरणको प्रतिस्पर्धा चलिरहँदा निरन्तर वर्षा भएपछि मंगलबारसम्मका लागि खेल स्थगित गरिएकामा हिजो पनि निरन्तर वर्षा भएकाले शनिबार गर्ने गरी स्थगित गरिएको हो ।

उक्त प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । हिजो भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३–२ अन्तरले पराजित गर्दै तेस्रो भएको थियो । तेस्रो स्थान हासिल गरेसँगै गण्डकीले रु एक लाख प्राप्त ग¥यो भने चौथो स्थान हासिल गरेको एपिएफले रु ५० हजार पायो ।

त्यस्तै उक्त प्रतियोगिताको बिजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछ । अन्तिमचरणको खेल नयाँ बसपार्कथित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *