नापोलीका समर्थकद्वारा लिभरपुलका समर्थकमाथि आक्रमण, दुई समर्थक घाइते
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
एजेन्सी । इटालियन क्लब नापोलीका समर्थकको आक्रमणमा परेर इन्ग्लिश क्लब लिभरपुलका दुई समर्थक घाइते भएका छन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत नापोली र लिभरपुलबीचको खेलको दौरान घरेलु टोलीका समर्थकको आक्रमणमा लिभरपुलका दुई समर्थक घाइते भएका हुन् । उनीहरुलाई स्कुटरमा आएका नापोलीका समर्थकले आक्रमण गरेको बताईएको छ ।
नापोलीका प्रहरीले दुई समर्थक घाइते भएको र उनीहरुको टाउको चोट लागेको पुस्टि गरेका छन् । यस्तै लिभरपुलका सीईओ पिटर मोरेले हस्पिटल पुगेर घाइते समर्थकलाई भेटेका छन् ।
नापोलीको मैदानमा भएको समूह चरणको पहिलो खेलमा लिभरपुल घरेलु टोलीसँग २–० ले पराजित भएको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment