नापोलीका समर्थकद्वारा लिभरपुलका समर्थकमाथि आक्रमण, दुई समर्थक घाइते

डिसी नेपाल
१ असोज २०७६ १२:४४

एजेन्सी । इटालियन क्लब नापोलीका समर्थकको आक्रमणमा परेर इन्ग्लिश क्लब लिभरपुलका दुई समर्थक घाइते भएका छन् ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत नापोली र लिभरपुलबीचको खेलको दौरान घरेलु टोलीका समर्थकको आक्रमणमा लिभरपुलका दुई समर्थक घाइते भएका हुन् । उनीहरुलाई स्कुटरमा आएका नापोलीका समर्थकले आक्रमण गरेको बताईएको छ ।

नापोलीका प्रहरीले दुई समर्थक घाइते भएको र उनीहरुको टाउको चोट लागेको पुस्टि गरेका छन् । यस्तै लिभरपुलका सीईओ पिटर मोरेले हस्पिटल पुगेर घाइते समर्थकलाई भेटेका छन् ।

नापोलीको मैदानमा भएको समूह चरणको पहिलो खेलमा लिभरपुल घरेलु टोलीसँग २–० ले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *