No ads found for this position
No ads found for this position

पेनाल्टी रोकेर बार्सिलोनालाई हारबाट जोगाएपछि गोलकिपर टेर स्टेगेनले के भने ?

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ असोज २०७६ १६:२७
No ads found for this position

काठमाडौं। च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग गोलरहित बराबरी खेल्यो। जसमा सम्झनलायक खेल बार्सिलोनाका टेर स्टेगेनले मात्रै देखाए। पेनाल्टी बचाउने मात्रै होइन त्यसबाहेक पनि उनको खेल राम्रो रह्यो। स्वदेशी मैदानमा स्टेगेनले देखाएको खेलले बर्तमान विश्व फुटबलमा उत्कृष्ट लयमा रहेको गोलपिकर भएको प्रमाणित गरे।

बार्सिलोनाको अट्याकिङ स्कील कमजोर देखिइरहँदा डर्टमुन्डले केही राम्रा अवसरहरु बनाएको थियो। बार्सिलोनाबाट त अन्तिम ३० मिनेट मैदानमा रहेका लियोनल मेस्सीले पनि आफूलाई सावित गर्न सकेनन्। भर्खरै घाइते अवस्थाबाट फर्किएका उनले याद गर्न मिल्ने एकै प्रहार पनि गर्न सकेनन्।

पहिलो हाफमा कमजोर अट्याकमा रहेको बार्सिलोनाले खेलभर पनि जम्मा ७ पटक मात्रै बल प्रहार गरेको थियो। त्यसमा पनि पोस्टको दिशामा त एक प्रहार मात्रै गयो। डर्टमुन्डले १३ प्रहार गरेकोमा ४ प्रहार पोस्टको दिशामा थियो, जसलाई स्टेगेनले विफल तुल्याए।

यस्तोमा बार्सिलोनाका लागि सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिग खेलेर कीर्तिमान बनाएका कारण १६ वर्षका अन्सु फाती र गोलपोस्टमा आफ्नो कला देखाएका टेर स्टेगेनको मात्रै चर्चा भइरहेको छ। हुन पनि स्टेगेनकै खेलले अवे मैदानमा बार्सिलोनाले महत्वपूर्ण एक अंक जोड्यो।

‘उनीहरुले केही अवसर निकै राम्रो बनाएका थिए। हाम्रो खेल व्यवस्थित हुन सकेन। त्यसैले उनीहरुविरुद्ध कठीन नै भएको हो। जे होस्, अंक जोड्न सकेकोमा खुसी लागेको छ’ खेलपछि स्टेगेनले भनेका छन्।

पेनाल्टी बचाउन सकेको प्रसंगमा स्टेगेन भन्छन्– ‘पेनाल्टी कसरी आउँछ भन्ने बुझ्न सक्नु कठीन कुरा हो। मलाई देब्रेतिर नै आउँछ भन्ने लागिरहेको थियो, नभन्दै त्यतै हाने र रोक्न सकेँ।’

टेर स्टेगेनको खेलले जर्मन राष्ट्रिय टिमको पहिलो रोजाइँको गोलकिपर को हुने भन्ने बहस पनि देखिएको छ। यो बहस पहिलेदेखि नै हुने गरेको भए पनि स्टेगेनको मंगलबारको खेलले म्यानुअल न्युअरभन्दा उनको क्षमता अहिलेको समयमा राम्रो रहेको धारणा फुटबल पण्डितहरुले राखिरहेका छन्।

‘मसँग राम्रो खेल्नसक्ने क्षमता छ भन्ने मान्छेहरुले बुझेका छन्। मआफूमाथि त्यो विश्वास राख्छु पनि र आजको खेलले त्यसलाई प्रमाणित गर्न पनि सकेँ’ स्टेगेनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *