आफ्नै पूर्व क्लबविरुद्द खनिए मारिया, पीएसजीको सहज जित

डिसी नेपाल
२ असोज २०७६ ६:००

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा सहज जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली पीएसजी तीन मुख्य फरवार्डविना मैदान उत्रिएको थियो । निलम्बनको कारण नेयमार र चोटका कारण केलियन एम्बाप्पे र ईडिन्सन काभानी मैदानमा थिएनन् । तर युरोपेली क्लब फुटबलको खर्चालु क्लब रियलविरुद्व पीएसजीले सहज जित निकाल्न सफल रह्यो ।

एन्जल डी मारियाले सुरुवातमै दुई गोल गर्दै पीएसजीको जित यात्रालाई निकै सहज बनाए । अर्को एक गोल दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गरेका थिए । मारियाले पुर्व क्लबविरुद्द दुइ सनसनीपूर्ण गोल निकाल्न सफल रहे ।

पीएसजीको जितले रियल प्रशिक्षक जिनेदिन जिदानमाथि ठुलो दबाब थपिएको छ । ईडेन हजार्डले रियलको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गरे । उनले केही राम्रो बल छोएका थिए । तर खेलमा प्रभाव देखाउन उनीसमेत असफल रहे ।

गोलपोस्टको नजिकैबाट रहेका मारियाले १४ औ मिनेटमा पीएसजीलाई सूरुवाती अग्रता दिलाए । ३३ औ मिनेटमा डि बक्स बाहिरबाट कठिन कोणबाट दोस्रो गोल गर्दै उनले घरेलु टोलीलाई सुरुमै राहत दिलाएका थिए ।

लगत्तै रियलका ग्यारेथ वेलले गोल गर्न सफल भएका थिए । तर रेफ्रीले भारमार्फत सो गोलको मान्यता दिन अस्विकार गरे । भारमा हेर्दा बल होल्ड गर्ने क्रममा वेलले सो बललाई हातले छोएको देखिएको थियो । समुह एमा पीएसजीले ३ अंक जोड्न सफल भएको छ । रियल अंक विहिन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *