No ads found for this position
No ads found for this position

आफ्नै पूर्व क्लबविरुद्द खनिए मारिया, पीएसजीको सहज जित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ ६:००
No ads found for this position

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा सहज जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली पीएसजी तीन मुख्य फरवार्डविना मैदान उत्रिएको थियो । निलम्बनको कारण नेयमार र चोटका कारण केलियन एम्बाप्पे र ईडिन्सन काभानी मैदानमा थिएनन् । तर युरोपेली क्लब फुटबलको खर्चालु क्लब रियलविरुद्व पीएसजीले सहज जित निकाल्न सफल रह्यो ।

एन्जल डी मारियाले सुरुवातमै दुई गोल गर्दै पीएसजीको जित यात्रालाई निकै सहज बनाए । अर्को एक गोल दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गरेका थिए । मारियाले पुर्व क्लबविरुद्द दुइ सनसनीपूर्ण गोल निकाल्न सफल रहे ।

पीएसजीको जितले रियल प्रशिक्षक जिनेदिन जिदानमाथि ठुलो दबाब थपिएको छ । ईडेन हजार्डले रियलको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गरे । उनले केही राम्रो बल छोएका थिए । तर खेलमा प्रभाव देखाउन उनीसमेत असफल रहे ।

गोलपोस्टको नजिकैबाट रहेका मारियाले १४ औ मिनेटमा पीएसजीलाई सूरुवाती अग्रता दिलाए । ३३ औ मिनेटमा डि बक्स बाहिरबाट कठिन कोणबाट दोस्रो गोल गर्दै उनले घरेलु टोलीलाई सुरुमै राहत दिलाएका थिए ।

लगत्तै रियलका ग्यारेथ वेलले गोल गर्न सफल भएका थिए । तर रेफ्रीले भारमार्फत सो गोलको मान्यता दिन अस्विकार गरे । भारमा हेर्दा बल होल्ड गर्ने क्रममा वेलले सो बललाई हातले छोएको देखिएको थियो । समुह एमा पीएसजीले ३ अंक जोड्न सफल भएको छ । रियल अंक विहिन छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *