No ads found for this position
No ads found for this position

काेहलीले तोडे रोहितको रेकर्ड, भारतको सहज जित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ ६:१९
No ads found for this position

एजेन्सी । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेट भारतले जितेको छ । बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । माहोलीमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १५० रनको लक्ष्य भारतले १९ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

भारतको जितमा कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । कोहलीले अविजित ७२ रन बनाए । उक्त पारीसँगैसँगै कोहली टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २ हजार ४ सय ४१ रन बनाएका कोहलीले भारतको रोहित शर्माको कीर्तिमान तोडेका हुन् । रोहितले २ हजार ४ सय ३४ रन बनाएका छन् । यस्तै शिखर धवनले ४० रन जोड्दा श्रेयस ऐयरले १६ रन बनाए । रोहित शर्मा भने १२ रनमा आउट भए । दक्षिण अफ्रिकाका एडिले लक्की, कार्ल फोर्टुन र ताब्रेज साम्शीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्विनटन डी ककले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै टेम्बा बाभुमाले ४९ तथा डेभिड मिलरले १८ रन बनाएका थिए । भारतका दिपक चाहरले २ विकेट लिए । नभदिप सैनी, रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले १–१ विकेट लिए ।

जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । यसअघि पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । दुईबीचको अन्तिम तथा तेस्रो टी–ट्वान्टी आइतबार हुनेछ । त्यसपछि दुई टोलीले तीन खेलको टेष्ट र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *