सिटीको प्रभावशाली जित

डिसी नेपाल
२ असोज २०७६ ७:०५

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगमा जित निकाल्न सफल भएको छ ।

युक्रेनको शख्तर डोनेक्स्टको घरेलु मैदानमा भएको खेलमा सिटीले ३–० को आरामदायी जित निकाल्न सफल भएको हो ।

रियाद महरेजले २४ ओ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । ३८ औ मिनेटमा गुन्डोगोनले प्रिमियर लिग क्लबको अग्रतालाई दोब्बर बनाएका थिए ।

७६ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै सिटीको जित सहज बनाए । आरामदायी जितसंगै सिटीले तालिकामा तीन अंक जोड्यो । पहिलो खेलबाट शख्तर अंक विहिन रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *