फेरिएका प्रधानमन्त्री ओली

डिसी नेपाल
२ असोज २०७६ ७:४५

काठमाडौँ। दुई तिहाइ सरकारका शक्तिशाली प्रधानमन्त्री केपी ओली आलोचकप्रति निकै कठोर मानिन्छन्। ओलीलाई आफ्नो अलोचना पटक्कै मन  पर्दैन। त्यही कारण उनी आफ्ना आलोचकलाई तत्काल जवाफ फर्काइ हाल्छन्।

सरकारका गलत कामको  विरोध गर्दासमेत प्रधानमन्त्री ओली सहँदैनन्। सरकारले सही काम गर्दासमेत विरोधीले विरोध गरेको भन्दै सरकारको बचाउमा अरिंगाल झैँ जाइलाग्न निर्देशन दिने प्रधानमन्त्री ओली बुधबार भने निकै फरक रुपमा प्रस्तुत भए।

बुधबार सिंहरबारको पुतली बगैंचामा संसद भवनको शिल्यान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले सन्तोषजनक काम गर्न नसकेको भनेर भइरहेको आलोचना जायज रहेको बताए। प्रधानमन्त्री ओलीले सरकारको कामले जनचाहना अनुरुप गति लिन नसकेको स्वीकार गरे।

यसअघि सार्वजनिक कार्यक्रमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री आलोचकप्रति आक्रामक रुपमा प्रस्तुत हुन्थे। उनले आलोचकविरुद्ध तीखो कटाक्ष गर्थे र आफूअघिका सरकारले नगरेका कामको समेत दोष आफ्नो सरकारलाई लगाइएको बताउँथे। उनले आफ्नो सरकारले काम गरिरहेको दावी गर्दै आलोचकहरु सरकारलाई असफल बनाउन लागिपरेको आरोप लगाउँथे।

प्रधानमन्त्री ओलीले सरकारले सन्तोषजनक काम गर्न नसकेको भनेर भइरहेको आलोचना जायज रहेको बताए। प्रधानमन्त्री ओलीले सरकारको कामले जनचाहना अनुरुप गति लिन नसकेको स्वीकार गरे।

तर, बुधबार आफ्नो पहिलेको शैलीबाट एकएक यु–टर्न लिँदै प्रधानमन्त्री ओलीले भने, ‘कामको गति सुस्त भयो भनेर भइरहेका गुनासाहरु जायज छन्। देशको विकासले गति लिन नसकेको हो। सरकार यी गुनासाहरुप्रति गम्भीर छ।’

प्रधानमन्त्रीले यो सरकारको डेढ वर्षको अवधि खासै सन्तोषजनक नरहे पनि अब बाँकी समयमा कामको गति तीव्र हुने आश्वासन समेत दिए। प्रधानमन्त्रीले थपे, ‘सरकारले अझै गति लिन नसकेको अवस्थालाई चिरेर हामी अघि बढ्दै छौँ। अब सरकारका काम देखिँदै जाने छन्।’

यसअघि प्रधानमन्त्रीले जे जति दावी गरे पनि सरकारको काम देखिनेगरी भएको थिएन। जनताले सामान्य बहुमतको र धेरै दलहरुको गठबन्धन सरकारबाट भन्दा यो सरकारबाट धेरै अपेक्षा गरेका थिए। यसअघि धेरै दलहरु मिलेर बनेका गठबन्धन सरकारहरु कुनै एउटा ‘बोल्ड’ निर्णयले ढलेको देखेका जनताले यो सरकार त्यति सजिलै ढल्दैन भन्ने बुझेका थिए।

बलियो जकमा उभिएकोले यो सरकारले केही ठूला निर्णयहरु लिनेछ र ती निर्णयहरुका कारण जो कोहीले यो सरकारलाई हल्लाउन सक्दैन भन्ने जनताको अपेक्षा थियो।

यो सरकारसँग जनताको जति अपेक्षा थियो त्यो अपेक्षाअनुसारको काम यो डेढ वर्षको अवधिमा भएको थिएन। त्यसैले जनता यो सरकारबाट पनि निराश हुँदै गएका थिए । त्यही निराशा रकारको आलोचनाको रुपमा बाहिर अभिव्यक्त भएको थियो।

सरकारबाट अपेक्षा पूरा नभएको बेला सरकारका नेतृत्वकर्ता प्रधानमन्त्रीले नै आलोचकलाई ‘सरकारलाई असफल बनाउन खोज्ने’को बिल्ला भिराइँदिँदा सरकारप्रतिको वितृष्णा बढ्दै गएको थियो। तर, आज प्रधानमन्त्रीले यसरी आफ्नो नेतृत्वको सरकारको कमजोरी आफैं स्वीकार गर्दै त्यसलाई सुधार गर्ने प्रतिबद्धता जनाउँदा यसले आम जनतामा सकारात्मक आशाको संचार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *