No ads found for this position
No ads found for this position

दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो टोटेनहम

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ ८:०२
No ads found for this position

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमले बराबरी खेलेको छ ।

बुधबार राति भएको खेलमा टोटेनहमले ग्रिसको क्लब ओलम्पिकाससँग २–२ गोलको बराबरी खेलेको हो । ओलम्पिकासको घरेलु मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा टोटेनहम बराबरीमा रोकिएको हो ।

खेलको २६ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । खेलको ३० औं मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनहम २–० ले अघि रह्यो ।

तर, खेलको ४४ औं मिनेटमा डानिल पोडेन्सले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ५४ औं मिनेटमा माथियु भल्ब्युनाले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै समूह बी को टोटेनहमले पहिलो खेलमा १ अंक जोडेको छ । ओलम्पिकासको पनि १ अंक छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *