No ads found for this position
No ads found for this position

बायर्नको फराकिलो जित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ ८:४५
No ads found for this position

काठमाडौं । जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा सकारात्मक सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा बार्यनले घरेलु मैदानमा सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई ३–० ले हराएको हो ।

किंग्सले कोमन्सले पहिलो हाफको ३४ औ मिनेटमा हेड गोलमार्फत बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

ब्राजिली स्टार फिलिप काउटिन्होले बार्यनको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गरेर गोल समेत गरे । तर उनको गोललाई रेफ्रीले अफसाईड भनिदिए । उनी यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट बार्यन आएका थिए ।

रोबर्ट लेवान्डोस्कीले ८० औ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मन च्याम्पियन बार्यनको च्याम्पियन्स लिगमा प्रभाव देखाउन सफल रहे ।

जितसंगै बार्यनले पहिलो खेलमै ३ अंक जोडेको छ । बेलग्रेड अंक विहिन हुदै तालिकाको पुछारमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *