बायर्नको फराकिलो जित

डिसी नेपाल
२ असोज २०७६ ८:४५

काठमाडौं । जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा सकारात्मक सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा बार्यनले घरेलु मैदानमा सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई ३–० ले हराएको हो ।

किंग्सले कोमन्सले पहिलो हाफको ३४ औ मिनेटमा हेड गोलमार्फत बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

ब्राजिली स्टार फिलिप काउटिन्होले बार्यनको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गरेर गोल समेत गरे । तर उनको गोललाई रेफ्रीले अफसाईड भनिदिए । उनी यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट बार्यन आएका थिए ।

रोबर्ट लेवान्डोस्कीले ८० औ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मन च्याम्पियन बार्यनको च्याम्पियन्स लिगमा प्रभाव देखाउन सफल रहे ।

जितसंगै बार्यनले पहिलो खेलमै ३ अंक जोडेको छ । बेलग्रेड अंक विहिन हुदै तालिकाको पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *