नेदरल्याण्डका पूर्व खेलाडी रिक्सनको ४३ वर्षको उमेरमा निधन

डिसी नेपाल
२ असोज २०७६ ८:५७

एजेन्सी । नेदरल्याण्डका पूर्व मिडफिल्डर फर्नान्डो रिक्सनको निधन भएको छ ।

इन्ग्लिश क्लब रेन्जर्सका पूर्व खेलाडी रिक्सनको ४३ वर्षको उमेरमा निधन भएको हो । उनकाे बुधबार बिहान अस्पतालमा निधन भएको हो । डिफेन्समा समेत अब्बल मानिने रिक्सन ‘मोटर न्युरोन’ नामक रोगबाट ग्रसित थिए ।

रिक्सनले नेदरल्याण्डबाट १२ खेल खेलेका थिए । क्लब फुटबलमा भने उनले रेन्जर्सपछि रसियन क्लब जेनिट पिटर्सवर्गबाट खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *