त्रिकोणात्मक टी–२० सिरिजमा जिम्बावेको लगातार तेस्रो हार, बंगलादेश विजयी

डिसी नेपाल
२ असोज २०७६ ९:५३

एजेन्सी । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत चौंथो खेलमा बंगलादेशले जिम्बावेलाई पराजित गरेको छ । बुधबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ३९ रनले पराजित गरेको हो । ढाकामा बंगलादेशले दिएको १७६ रनको लक्ष्य पछ्याएको जिम्बावे २० ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो ।

जिम्बावेका लागि रिचमण्ड मुटुमबामीले ५४ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केली जार्भिसले २७ तथा कप्तान ह्यामिल्टन मासाकाज्डाले २५ रन बनाए । बंगलादेशका सैफुल इस्लामले ३ विकेट लिए । अमिनुल इस्लाम र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । बंगलादेशको लागि ममुदउल्लाहले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा लिटोन दासले ३८ रन बनाए । यस्तै मुस्फिकर रहिमले ३२ रन बनाए । जिम्बावेका केली जार्भिसले ३ विकेट लिए । क्रिस एमपुफुको नाममा २ विकेट रह्यो ।

योसँगै बंगलादेशले जिम्बावेलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई ३ विकेटले हराएको थियो ।

तीन राष्ट्रबीचको सिरिजमा बंगलादेशले ३ खेलमा ४ अंक जोडेको छ । अफगानिस्तानको २ खेलमा ४ अंक छ । ३ खेलमा हार व्यहोरेको जिम्बावे भने सिरिजबाट बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *