No ads found for this position
No ads found for this position

त्रिकोणात्मक टी–२० सिरिजमा जिम्बावेको लगातार तेस्रो हार, बंगलादेश विजयी

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ ९:५३
No ads found for this position

एजेन्सी । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत चौंथो खेलमा बंगलादेशले जिम्बावेलाई पराजित गरेको छ । बुधबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ३९ रनले पराजित गरेको हो । ढाकामा बंगलादेशले दिएको १७६ रनको लक्ष्य पछ्याएको जिम्बावे २० ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो ।

जिम्बावेका लागि रिचमण्ड मुटुमबामीले ५४ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै केली जार्भिसले २७ तथा कप्तान ह्यामिल्टन मासाकाज्डाले २५ रन बनाए । बंगलादेशका सैफुल इस्लामले ३ विकेट लिए । अमिनुल इस्लाम र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । बंगलादेशको लागि ममुदउल्लाहले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा लिटोन दासले ३८ रन बनाए । यस्तै मुस्फिकर रहिमले ३२ रन बनाए । जिम्बावेका केली जार्भिसले ३ विकेट लिए । क्रिस एमपुफुको नाममा २ विकेट रह्यो ।

योसँगै बंगलादेशले जिम्बावेलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई ३ विकेटले हराएको थियो ।

तीन राष्ट्रबीचको सिरिजमा बंगलादेशले ३ खेलमा ४ अंक जोडेको छ । अफगानिस्तानको २ खेलमा ४ अंक छ । ३ खेलमा हार व्यहोरेको जिम्बावे भने सिरिजबाट बाहिरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *