एकै खेलमा १७ विकेट लिएर यी खेलाडीले बनाए कीर्तिमान
एजेन्सी । पुर्व दक्षिण अफ्रिकी तिब्र गतिका बलर कायल एबटले इंग्ल्याण्डको काउन्टी क्रिकेटमा एकै खेलमा १७ विकेट लिएका छन्।
ह्याम्पसायरको लागि एबटले समरसेट बिरुद्दको खेलमा पहिलो पारीमा ४० रन खर्चेर ९ विकेट तथा दोश्रो पारीमा ४६ रन खर्चेर ८ विकेट लिएका हुन्। उनको समग्रमा रहेको १७/८६ को बलिंग प्रदर्शन सन् १९५६ मा इंग्ल्याण्डका जिम लकरको अष्ट्रेलिया बिरुद्दको १९/९० पछीको सबैभन्दा उत्कृस्ट प्रथम श्रेणी प्रदर्शन रहेको छ। लकरले उक्त समयमा एक इनिंगमा १० विकेट समेत लिएका थिए।

यस्तै उनले बुधबार सम्पन्न खेलको पहिलो पारीमा लिएको ९ विकेट ह्याम्पसायरको प्रथम श्रेणी इतिहासमा दोश्रो उत्कृस्ट रहेको छ। यसको किर्तिमान ९/२८ सहित कार्डिगन कोन्नरको नाममा रहेको छ। उनले यो किर्तिमान १९९६ मा बनाएका थिए।
सँगै उनको खेलमा रहेको बलिंग प्रदर्शन काउन्टी क्रिकेटको चौथो उत्कृस्ट बलिंग प्रदर्शन समेत रहेको छ। यस्तै शताब्दीमा कुनैपनि बलरले १७ विकेट लिएको दोश्रो पटक रहेको छ। यसअघि क्यानडाका जोन डेविसनले सन् २००४ मा अमेरिका बिरुद्द १७ विकेट नै लिएका थिए।

दक्षिण अफ्रिकाको लागि अन्तिमपल्ट २०१७ मा टेस्ट क्रिकेट खेलेपछि काउन्टीतर्फ होमिएका एबटले आफ्नो बलिंग एकदमै अविश्वसनीय रहेको बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment